चितवन । पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब अफ चितवन बिच मेमोरेडोम अफ अन्डरस्टान्डिङ(एमओयु) पत्र हस्ताक्षर भएको छ ।
रोटा वर्ष २०/२१ मा मेडिकल कलेज र क्लबको संयुक्त आयोजनामा वर्षमा ३ वटा दन्त शिविर हुनेछ ।
साथै कम्तीमा पनि एउटा बृहत स्वास्थ्य शिविर आयोजना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ ।
साथै उक्त क्याम्पबाट आएका व्यक्तिलाई कलेजले अधिक्तम ५५ प्रतिशत र न्युनतम १५ प्रतिशतसम्म छुट दिइने गरी पत्रमा हस्ताक्षर गरिएको छ ।
यसवर्ष उक्त सम्झौताले आर्थिक विपन्न समूहलाई टेवा पुग्ने रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिती प्रमुख राजन पियाले बताए ।
निजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब रोटरी क्लवद्वारा आयोजित क्याम्पमा आउने सम्पूर्णले अस्पताल तर्फका सेवामा छुट पाउने छन ।
उक्त पत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा.मनोहर प्रधान र प्रमुख कार्यकारी अधिकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य विभाग प्रमुख राजन पियाले हस्ताक्षर गरेका छन ।
रोटरी क्लब चितवनले एक कार्यक्रमका बिच उक्त पत्र सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष रोशन पियाले गतवर्ष जस्तै यसवर्ष पनि धेरै समुदायले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे ।
देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध अस्पतालमा विगत देखिनै स्वास्थ बीमा, कडा रोग , डायलाइसिस सेवा, निशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ ।
शिविरबाट रिफरेन्स वार्ड लिएर आउनेहरुलाई अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निर्देशक डा. मनोहर प्रधानले बताए ।
सेवाग्राहीलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै सम्पर्क व्यक्ति व्यवस्था गरिने र निशुल्क स्वास्थ्य शिविरले राम्रो टेवा पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुप्रभात श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा पूर्व अध्यक्ष चर्द्रमण श्रेष्ठ, सरद गोपाल न्यान्छो, उत्तम लाल चुके, मनोज बर्नवला त्यस्तै रोट्रयाक्टको तर्फ बाट अध्यक्ष रोशन खरेल, उपाध्यक्ष प्रभास रोय, सदस्य डा.विकास साह उपस्थित थिए ।
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो