पोखरा – गण्डकीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बुधबार बिहानको पहिलो र दोस्रो विज्ञप्ति अनुसार प्रदेशका तीन जिल्लाका १० जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु कास्की, लमजुङ र नवलपुरका छन् ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -१४ वस्ने ५८ वर्षीय बृद्धमा कोरोना पुष्टि भएको छ ।
यता क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङको बेसीशहर नगरपालिका वडा नं -३ स्थित नेपाल आर्मीमा कार्यरत ३९, ३९ र ३८ वर्षका तीनजना पुरुषको नमुना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
यस्तै नवलपुरको कावासोती नगरपालिका वडा नं -८ का ४७ वर्षीय पुरुष, वडा नं -१४ की ४९ वर्षीय महिला र वडा नं -१६ का दुई ३३ र २८ वर्षका पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । भने, गैंडाकोट नगरपालिका वडा नं – १३ का ३० र २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित मध्ये नवलपुर गैंडाकोटका दुई जना भारतबाट आएका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा नुमना स्वाब दिएका मध्ये हुन् ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लगिसकिएको छ ।
गण्डकीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १९४६ पुगेको छ । यसैगरी संक्रमणबाट मुक्त हुनेको संख्या १६४३ अर्थात् ८४.४७ प्रतिशत रहेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो