कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । १ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो । मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् । काठमाडौंका ७४ र ६७ वर्षीय पुरुष र ७१ वर्षीया महिला छन् । त्यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट १६४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । तर, यसपछि पनि ८ जना थपिँदै १७२ जना पुगेको छ । थप मृत्यु हुनेमा महोत्तरी र बाराका दुई, दुई जना तथा काठमाडौं, पर्सा, रुपन्देही र कैलालीका एक, एक जना छन् ।
एपीएफ अस्पतालमा कांग्रेस नेताको मृत्यु
कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको हो ।
उनको उपचारका क्रममा बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालमा मृत्यु भएको हो । चार दिन अघिदेखि भेन्टिलेरमा राखेर उपचाररत उनको मगंलबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. प्रविण नेपालले बताए ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार रञ्जितले वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा सुरु गरेका थिए । रञ्जितको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
अन्य मृतकहरु:
काठमाडौं, चाबहिलकी ७१ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । दमकी विरामी उनको दिर्घायु अस्पतालमा अस्पतालमा सोमबार मृत्यु भएको थियो ।
महोत्तरीको मनरा सिस्वा नरगरपालिका–३ का ७५ वर्षीय बृद्धको मृत्यु भएको छ । चितवन क्यान्सर अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको जलेश्वर अस्पतालम मृत्यु भएको हो ।
महोत्तरीकै बलबाका ७७ वर्षीय बृद्धको प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । जनकी हेल्थ केयरमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनी सोमबार साँझ त्यहाँ भर्ना भएका थिए ।
बाराको सुवर्ण–४ का ७२ वर्षीय पुरुषको कोरोना अस्पताल गण्डकमा मृत्यु भएको छ । भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार अस्पताल लगिएको थियो ।
बाराकै महागढीमाई–४ का ५९ वर्षीय पुरुषको पनि गण्डकमै मृत्यु भएको छ । ४ भदौमा कोरोना पुष्टि भएका उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए ।
कोरोना विशेष अस्पताल गण्डकमा उपचारका क्रममा मत्यु भएका पर्साको सुपौलका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीका ५३ वर्षीय कोरोना संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भएको छ । घरको छतबाट लडेर युनिभर्सल मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमण भएको चार दिन अघि मात्र पुष्टि भएको थियो ।
३२ साउनमा मृत्यु भएका कैलालीको बर्दगोरिया–५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वाब भदौ १ गते नै संकलन गरेको भएपनि मंगलबार मात्र रिपोर्ट आएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने