गण्डकी प्रदेशमा मंगलबार २२ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ३ पटक सूचना जारी गर्दै स्वास्थ्य निर्देशनालय गण्डकीले यसबारे जानकारी दिएको हो । पोखरामा ११ जना थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार प्रदेशमा ५ जना थपिए । प्रदेशका ३ जिल्लाका ४ पुरुष र १ महिला गरी थप ५ जनामा पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा मनाङ निस्याङ – १ का ५१ वर्षीय पुरुष र चामे – ४ का ४९ वर्षीय पुरुष, पर्वत फलेवास – ३ का ३५ वर्षीय पुरुष र ७ का २२ वर्षीय पुरुष तथा बागलुङ – ३ की ५४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मनाङमा संक्रमण पुष्टि हुने मध्ये निस्याङका शिक्षक र चामेका स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

यसअघि, मंगलबारको दोस्रो अद्यावधिक विवरण अनुसार पोखरामा ७ सहित गण्डकी प्रदेशमा १३ जना नयाँ संक्रमित थपिएको जानकारी दियो । पोखरा महानगरको वडा नम्बर ४ मा २ जना, ५ मा २ जना, ७ मा १ जना, १० मा १ जना र १४ मा १ जना नयाँ संक्रमित थपिएका हुन् । तनहुँको भानुमा ६ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहानै निर्देशनालयले पोखरामा ४ जना संक्रमित थपिएको जानकारी दिएको थियो । संक्रमितहरु पोखरा महानगरपालिका वडा नं. १३ का ३०, ३० वर्षका दुई पुरुष, पोखरा २८ का ३४ वर्षीय पुरुष र पोखरा २९ का ३६ वर्षीया महिला हुन् । पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाका अनुसार १३ नम्बर वडा दिएपनि उनीहरु वडामा ६ महिनादेखि बसेका छैनन् । संक्रमित मध्ये पोखरा १३ का भनिएका दुई जना भारतबाट आएका हुन् भने अन्य दुई जना कन्ट्याक्ट ट्रेसिङका क्रममा नमुना स्वाब दिएर बसेका हुन् । पोखरामा भेटिएका ११ मध्ये १ पत्रकार, २ सुरक्षाकर्मी र १ जना दुबईबाट फर्किएका हुन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ पुगेको छ । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने