बाग्लुङ – अविरल बर्षापछि आएको पहिरोमा परी बाग्लुङमा एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका वडा नं -२ अर्नाक बस्ने प्रकाश परियारको ढुंगा माटोले बनेको कच्ची घरलाई माथीबाट आएको पहिरोले पुर्दा घरमा सुतिरहेकी उनकी १९ वर्षीया छोरी पुजा परियारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार बिहान अन्दाजी ५:२० बजेको समयमा घर माथीबाट आएको पहिरोमा पुरिए लगत्तै स्थानीयले गरेको खोजीकार्यमा छोरी पुजालाई मृत अवस्थामा उद्धार गरेका थिए ।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
बुर्तिबाङ स्वास्थ्य केन्द्र स्तरोन्नति: बागलुङ पश्चिमका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुँदै
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
बागलुङको जैमिनीमा जीप दुर्घटना: पाँच जनाको मृत्यु, एकको उद्धार
ढोरपाटनका मेयर देवकुमार नेपालीलाई कास्की ल्याइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते