ईञ्जिनियहरुको पेशागत संस्था सेण्टर फर डेमोक्रेटिक ईञ्जिनियर्स नेपाल (सीडेन) गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटै जिल्लामा जिल्ला समिति बिस्तार गरेको छ ।
गण्डकी प्रदेशको समितिको निर्णय अनुसार प्रत्येक जिल्लामा कमिटी निर्माण गर्ने निर्णय भएपछि संगठन बिस्तार भएको हो। कास्की जिल्लामा इं. शिरष बास्तोला, तनहुँमा ई. तारापति भट्टराई, बाग्लुङमा ई. नवीन सापकोटा, गोर्खामा ई. सुमन गिरी, लमजुङमा ई. दिपेन्द्र रावल, स्याङ्जामा ई. सुमन पाण्डे ,पर्बतमा ई. मञ्जु शिलाकार, म्याग्दिमा ई. अमिर श्रेष्ठ, मुस्ताङमा ई. सुबास घिमिरे, मनाङमा ई. सबिन धिताल र नवलपुरमा ई. बिनोद अर्यालको नेतृत्वमा कमिटी निर्माण गरिएको छ ।
संगठन बिस्तार सहज रुपमा भएको र आउँदा दिनमा संस्थालाई चलायमान र अझै मझबुत बनाउन संगठन बिस्तार गरिएको गण्डकी प्रदेश सभापति ई. सुरेन्द्र पाण्डेले बताए ।
सिडेन गण्डकीका सचिब ई. सन्तोष जिसीले समुन्नत समाज निर्माण गर्न अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता गराउँदै आउँदा दिनमा सिडेन गण्डकीलाई अझै सशक्त ढंगले अगाडि बढाउन सिडेनको जिल्ला कार्यसमिति बिस्तार गरिएको र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो