पोखराको रत्नचोकस्थित प्रतिक्षालय नजिकै बेवारिसे अवस्थामा पुरुषको शव फेला

पोखराको रत्नचोकस्थित प्रतिक्षालय नजिकै बेवारिसे अवस्थामा पुरुषको शव फेला

bewariseee

पोखरा – पोखराको रत्नचोकस्थित सडक पेटीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

पोखरा महानगरपालिका वडा नं -७ रत्नचोकस्थित प्रतिक्षालय नजिकै सडक पेटीमा अन्दाजी ४५/५० वर्षको गहुँगोरो वर्णको पुरुषको शव फेला परेको कास्की प्रहरीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए।

‘प्रहरीलाई अचेत अवस्थामा मानिस भेटिएको भन्ने सुचना आयो, लगत्तै हाम्रो टोली घटनास्थलमा पुगेर निरीक्षण गर्यो, तर, मृत्यु भैसकेको रहेछ, अहिले घटनास्थलको मुचुल्का तयार पारी शवलाई पोष्ट मार्टमका लागि पश्चिमान्चल अस्पताल पठाएका छौं’ प्रवक्ता हमालले गण्डक न्युजसंग भने ।’

हमालका अनुसार उक्त मृतक पुरुष पोखरामै लेवरको काम गर्दै आएका व्यक्ति भएको बुझिएको छ ।

सोमबार मात्रै पोखरा -३२ लामेआहालस्थित प्रतिक्षालयमा तनहुँ शुक्लागण्डकी -८ निवासी सिता परियार मृत अवस्थामा भेटिएकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ