तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले गर्भपतन र जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको साबिक भिरकोट गाविस वडा नं ९ हाल ऋषिङ गाउँपालिका वडा नं ३ खाल्डीबास बस्ने वर्ष ५९ को बल बहादुर विक रहेका छन् ।
तनहुँ जिल्ला अदालतको २०७२ माघ १० गतेको गर्भपतन मुद्दाको फैसला र २०७३ फागुन २२ गतेको जबरजस्ती करणी मुद्दाको फैसलामा तोकिएको कैद तथा जरिवाना मध्ये गर्भपतन मुद्दामा १० महिना १२ दिन कैद, जबरजस्ती करणी मुद्दामा ५ वर्ष २ महिना २४ दिन कैद र ५० हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका विकको खोजतलास गर्ने क्रममा हिजो भदौ ७ गते आइतबार बेलुकी उनको सम्बन्धित घर बस्दै गरेको अवस्थामा प्रहरील पक्राउ गरेको हो ।
कानूनी रितपुर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँमा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला