पोखरा -२९ की २० वर्षीया युवतीमा कोरोना पुष्टि

पोखरा -२९ की २० वर्षीया युवतीमा कोरोना पुष्टि

corona-affected

सांकेतिक तस्बिर ।

पोखरा – गण्डकीमा कोरोना संक्रमितको संख्या १८९१ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी सोमबार दिउँसोको दोस्रो बिज्ञप्ति अनुसार प्रदेशको दुई जिल्ला कास्की र नवलपुरमा थप १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -२९ की २० वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपुरको गैंडाकोट नगरपालिका -१२ का ४७ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ भेटिएको छ  ।संक्रमित व्यक्ति नवलपरासीबाट ट्रकमा सामग्री लिएर सुर्खेत जाने क्रममा बबई चेकपोष्टमा नमुना संकलन गरिएकोमा सुर्खेतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित दुवै जनालाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसन कक्षामा राखिसकिएको छ ।

यस्तै गत असार १७ गते कोरोना संक्रमणका कारण मृत्यु भएका म्याग्दीका नाबालकको मृत्युको तथ्यांकलाई गण्डकी प्रदेशको तथ्यांकमा समावेश गरिने भएको छ ।

जनसंख्या मन्त्रालयको प्राप्त प्रतिवेदनका आधारमा गण्डकी प्रदेश अन्तर्गत मृत्यु भएका उक्त नाबालकको मृत्युको तथ्यांक गण्डकी प्रदेशमा जोडिने भएको हो ।

गत असार १७ गते उपचारका क्रममा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं -४ का ४७ दिनका बालकको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको थियो । बालकको मृत्यु संख्या समावेश भए संगै अब गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । भने, संक्रमणबाट निको हुनेको संख्या १६१९ अर्थात् ८५.६१ प्रतिशत रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds