पोखरा – सोमबार बिहान गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको सोमबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु नवलपुर, तनहुँ, स्याङ्गजा, बाग्लुङ र म्याग्दीका छन् ।
नवलपुरको बिनय त्रिबेणी गाउँपालिका -१ का ६ वर्षीया बालिका सहित २८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
तनहुँको ब्यास र शुक्लागण्डकी नगरपालिकामा क्रमश: वडा नं -५ र ४ का २६ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यता बाग्लुङ नगरपालिका -२ का २० /२० वर्षका दुई युवकको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
म्याग्दीको बेनी नगरपालिकाका २० वर्षीय (वडा नखुलेको) युवक र स्याङ्गजाको पुतलीबजार नगरपालिकाका ३७ वर्षीय (वडा नखुलेको) पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
जसमध्ये स्याङ्जाका १ जना संक्रमित र तनहुँ ब्यासका १ संक्रमित गरी कूल २ जना संक्रमित नेपाल आर्मीमा कार्यरत रहेको खुलेको छ भने, म्याग्दीमा पुष्टि भएका अर्का संक्रमित नेपाल प्रहरीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकीमा संक्रमितको कूल संख्या १८८८ पुगेको छ । जसमा १६१२ अर्थात् ८५.३८ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।
संक्रमित सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङका क्रममा नमुना स्वाब दिएर बसेका हुन् । उनीहरु सबैलाई अहिले सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु