तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजना तथा सुनौलो परिवार नेपालद्धारा सञ्चालित मेरिस्टोप सेन्टर डुम्रेको सहकार्यमा आइतबार युवाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
अनलाइन मार्फत सञ्चालित उक्त कार्यक्रममा गोंंगबु मेरि स्टोपकी डिमन्ड जेनेरेसन कोर्डिनेटर बिजय लामाले किशोरकिशोरी तथा युवाहरुमा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा उचित जानकारी हुनुपर्ने बताइन ।
कार्यक्रम सहजीकरण गर्दै लामाले प्रजनन स्वास्थ्यको महत्व, परिवार नियोजन, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन र यसका प्रावधान, असुरक्षित गर्भपतनबाट उत्पन्न हुने समस्या, परिवार नियोजनका साधन र तीनको प्रयोग लगायतका विषयमा जानकारी गराएकी थिइन ।
त्यस्तै मेरी स्टोप सेन्टर डुम्रेका डिमन्ड जेनेरेसन कोर्डिनेटर सतिस मरहट्टाले मेरी स्टोपले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि गर्दै आएका कार्यक्रमहरुको जानकारी गराउदै संस्थाले युवा तथा किशोरकिशोरीलाई प्रजनन स्वास्थ्यका बारेमा सहि जानकारी गराउदै आएको बताए ।
प्रभावकारी चेतना र सुचनाका अभावमा युवाहरु बिभिन्न शारीरिक तथा मानसिक समस्यामा परिरहेको अवस्थामा त्यस्ता युवा तथा किशोरकिशोरीलाई मेरी स्टोप सेन्टरबाट यौन तथा प्रजनन स्वास्थ्यको उचित सल्लाह र परामर्श दिदै आएको उनले बताए ।
कार्यक्रममा ४० जना युवा तथा किशोरकिशोरीको सहभागी रहेको कार्यक्रम संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने