पोखरा निवासी तनहुँको खैरेनीटारमा बैंकमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि

पोखरा निवासी तनहुँको खैरेनीटारमा बैंकमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि

Corona Girl

तनहुँ । तनहुँको खैरेनीटार स्थित एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंक अफ काठमाडौं खैरेनीटार शाखामा कार्यरत एक जना महिला कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका–३० निवासी २७ वर्षीया महिलालाई संक्रमणको पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण पुष्टि भएको महिला कर्मचारी गत भदौ २ गतेसम्म बैंकना आएकी थिइन् ।

स्वास्थ्यमा समस्या आएपछि पोखरामा महिलाले गत भदौ ४ गते पीसीआर परीक्षणका लागि स्वाब दिएकी थिइन । हिजो शनिबार परीक्षणको नतिजा पोजिटिभ आएको हो । संक्रमित कर्मचारी पोखराबाटै स्कुटरमा कार्यालय आउजाउ गर्ने गर्थिन ।

बैंक अफ काठमाडौंको एटिएम सेवा समेत बन्द गरिएको छ । उनलाई संक्रमण पुष्टि भएपछि शुक्लागण्डकी क्षेत्रमा कन्ट्याक ट्रेसिङको काम शुरु भएको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले बताए ।

शनिबार ५९ जनाको स्वाब संकलन गरिएको प्रवक्ता कुमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds