पोखरा महानगर सहित कास्की जिल्लाभार पाँच दिने निषेधाज्ञा जारी छ । आज चौथो दिन सकिँदा धेरै हदसम्म कस्केलीले पालना गरेको देखियो । कुशे औंशी र तीजलाई मध्येनजर गर्दै भिडभाड हुन नदिन लगाइएको निषेधाज्ञा अब के हुन्छ ? सबैलाई चासोको विषय छ ।
शनिबार मात्रै १६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा संक्रमण कम भएको मान्न सकिँदैन । तर, तीजको भिडभाडलाई भने रोक्न सफल भयो । भदौ ३ गते राति १२ बजेबाट ५ दिनका लागि जारी गरिएको निषेधाज्ञा भोलि ७ गते राति १२ बजेबाट सकिँदैछ ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी लकडाउन निरन्तर गर्नुपर्ने पक्षमा नभएपनिमहानगरबासीको स्वास्थ्यको सवाल रहेकाले के गर्ने ? व्यापक छलफलको आवश्यकता औंल्याउँछन् ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको कोरोना रोकथाम मूल समितिको बैठक भोलि आइतबार बस्दैछ । मेयर जिसीले पाँच दिने निषेधाज्ञा अवधिको विश्लेषण गर्दै एक साता समयावधि थप गर्ने कि खुकुलो गर्ने वा हटाउनेबारे निर्णय हुने बताएका छन् ।
एक हप्ता पुनः लकडाउन समेत हुन सक्ने सम्भावना पनि छ । पोखरामै पनि कुनै वडामा नदेखिएको र कुनै वडामा व्यापक मात्रामा बढ्दै गएकाले वडागत हिसाबमा समेत कडा वा खुकुलो बनाउन सकिनेछ । बैङ्किङ, सार्वजनिक यातायात र भिडभाड हुने स्थानहरूमा कडाइ गरेर अन्य ठाउँ खुकुलो बनाउन समेत सकिनेछ ।
कास्कीमा जारी निषेधाज्ञाबारे ३ विकल्पमा छलफल गरी भोलि बेलुकासम्म निर्णय हुने प्रशासन श्रोतले जनाएको छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो