तनहुँ । तनहुँको व्यास नगरपालिका–१ रतौली निवासी ६९ वर्षीया वृद्धाले कोरोना जितेकी छिन ।
वृद्धामा गत साउन ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत वृद्धा शनिबार कोरोनामुक्त भएर घर फर्किएकी हुन ।
‘आमा घर फर्किसक्नुभयो’ वृद्धाका एक आफन्तले भने ‘स्वास्थ्य अवस्था एकदम ठिक छ ।’
वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्यको पनि पीसीआर परीक्षण गर्दा उनका छोरा, बुहारी र नाति नातिनीलाई समेत कोरोना पुष्टि भएको थियो । अन्य सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको वृद्धाको पारिवारिक स्रोतले बताएको छ ।
पित्तथैलीको शल्यक्रियाका लागि पोखरा गएकी वृद्धाको साउन २७ गते स्वाब संकलन गरी पीसीआर परीक्षणको गरिएको थियो ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते