यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् त्यसको सेवनले कस्तो असर पार्छ । बजारमा पाइने केमिकल युक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ । त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक उपायबाट उपचार गर्नु राम्रो हुन्छ ।
१)केरा
यदि तपाईलाई फास्ट फुड खाने बानी लागेको छ भने यी खानेकुरा खान छोडेर केरा खाने गर्नुहोस् केरामा भरपुर मात्रामा पाइने पोटासियमले तौल कम गर्न मद्दत गर्छ ।
२)दालचीनी
तौल कम गर्नको लागि दालचिनी निकै उपयुक्त हुन्छ । बिहानको नास्ताभन्दा पहिले र राती सुत्नुभन्दा अगाडी दालचिनीको प्रयोग गर्नुहोस् । त्यसको लागि एक कप पानीमा एक चम्चा लादचिनी पाउडर मिसाउने । यो एक प्रकारको पेय पदार्थ भएकाले दैनिक दुइ पटक पिउँदा केही दिनमा नै यसको असर देख्न सकिन्छ ।
३)लसुन
लसनु एक प्राकृतिक चिज हो । जसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुको साथै शरिरमा बोसो जन्म दिँदैन् । त्यसकारण हरेक दिन खानामा लसुनलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।
४)पुदीना
पुदिनाको प्रयोगले पनि पेटको बोसो कम गर्न मद्दत गर्छ । त्यसको लागि एक कप मनतातो पानीमा पुदिनाको केही पात हालेर राख्ने । त्यसमा मह मिसाएर पिउने गर्ने । यसरी दैनिक पुदिना पान सेवन गर्ने गर्दा पेटको बोसो कम हुन्छ ।
५)ग्रीन टी
केही समयदेखि निकै लोकप्रियता पाएको ग्रिन टि स्वास्थ्यको लागि लाभदायक रहेको छ । जसमा क्याटेचिन्स नामको यौगिक तत्व हुने भएकाले शरिरमा भएको अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो