काठमाडौ उपत्यकामा २०८ सहित आज देशभरमा ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १८२, ललितपुरमा २५ र भक्तपुरका १ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ५७९ नमूना परीक्षण भएको थियो । जसमा ८३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज देखिएका सङ्क्रमितसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ३० हजार ४८३ जना पुगेको छ ।
देशभरमा गरी पछिल्लो २४ घण्टामा २५० जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १८ हजार २१४ रहेको छ । देशभरमा क्वारेइन्टिनमा रहनेको सङ्ख्या १२ हजार २३४ रहेको छ । देशभर जम्मा १२ हजार १३२ सक्रिय सङ्क्रमित रहेका छन् ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते