पोखरा – कास्की प्रहरीले लागु औषध सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -२७ ज्यामिरेकुना घर भै हाल अर्घौचोक बस्ने वर्ष २३ का सन्दिप विक र पोखरा -२७ कालिगण्डकी बस्ने वर्ष २९ का किशोर तिमिल्सिना रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार पोखराको बिभिन्न स्थानमा लागु औषध गाँजाको बिक्री वितरण तथा ओसारपसार हुने गरेको भन्ने गोप्य सुचनाका आधारमा भाद्र ४ गते बिहिबार अन्दाजी ५ बजेको समयमा ईलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरीको टोलीले गरेको चेकजांचका क्रममा ग ५ प ५८७९ नम्वरको मोटरसाइकलबाट २० ग्राम गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु दुबै माटोको ठेक्का सम्बन्धी काम गर्ने बुझिएको छ ।
पक्राउ परेका उनीहरु माथि थप सोधपुछका क्रममा घरको कोठामा समेत गाँजा राखेको बताएपछि प्रहरीले उनीहरुको कोठामा खान तलासी गर्दा सन्दिप विकको कोठाबाट १ किलो ४४० ग्राम गाँजा वरामद गरेको थियो । साथै, प्रहरीले उनीहरुको साथबाट २ थान मोवाइल सहित प्रयोग गर्दै आएको उक्त VR मोटरसाइकल समेत नियन्त्रमा लिएको छ ।
पक्राउ परेका उनीहरु माथि लागु औषध नियन्त्रण ऐन २०३३ विपरितको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण