काठमाण्डौ – आज र भोलि देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
अहिले प्रदेश १, कर्णाली प्रदेश र वागमती प्रदेशको केही ठाउँ बाहेक अन्यत्र आंशिक देखि सामान्य बादल लागेर केही ठाउँमा पानी परेको र दिउँसोपख देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
भोलि बेलुकीबाट भने मनसुन पुनः सक्रिय भएर देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यका घमाइलो भएको छ । बिहानै मौसम खुल्ला हुँदा गर्मी पनि बढेको छ ।
बादल हटेर आकास खुल्ला हुँदा काठमाण्डौ आसपासका डाँडापाखा रमाइला देखिएका छन् । दिउँसोसम्म काठमाण्डौको मौसम खुल्ने र त्यसपछि बादल लाग्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । बेलुकीबाट भने हल्कादेखी मध्यय खालको पानी समेत पर्ने उहाँले बताउनुभयो ।
आगामी २४ घण्टामा प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्ययम खालको पानी पर्ने सम्भावना रहेकोले ती ठाउँहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने लगायतका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित खबर
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु