पोखरामा विहीबार भेटिएका तीन जनामध्ये दुई जना कोरोना संक्रमित पोखरा ५ का हुन् । उनीहरु पोखरा मालेपाटन स्थित एक सहकारीमा कार्यरत कर्मचारीका नातेदार भएको खुलेको छ । ति कर्मचारीको परिवारमा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
साउन २७ गते कञ्चन सहकारीमा पैसा संकलनको काम गर्ने ति ३८ वर्षीया महिला र उनका ११ वर्षीय छोरामा कोरोना पुष्टि भएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारको पनि स्वाब परीक्षण गरिएको थियो ।
वडाअध्यक्ष धनबहादुर नेपालीका अनुसार परीक्षण गर्दा ५ दाजुभाइ रहेका उनको जेठो दाजुको परिवारका ६ जना, माइलो दाजुको परिवारका ४ जना र साइँलो दाजुका ३ जना परिवारमा कोरोना देखिएको छ । विहीबार देखिएका दुई जना १४ वर्षीय पुरुष र १६ वर्षीया महिला माइला दाजुका छोराछोरी हुन् ।
ति महिला ज्वरो आएपछि साउन २२ गते फेवासिटी अस्पतालमा भर्ना भएकोमा साउन २५ गते शंका लागेपछि स्वाब परिक्षणका लागि पठाइएको थियो । दुई दिनपछि स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो।
पोखरा महानगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय ४२ पुगेको छ। जसमा १ सय ३१ जना निको भएर घर फर्किसकेका छन्। पोखरामा मृत्यु हुनेको संख्या भने २ पुगेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने