लागु औषधका फरार प्रतिवादी बाँस्तोला झन्डै ९ महिनापछि लेकसाइडबाट पक्राउ

लागु औषधका फरार प्रतिवादी बाँस्तोला झन्डै ९ महिनापछि लेकसाइडबाट पक्राउ

aaswin-bastola

पोखरा – लागु औषधका फरार प्रतिवादीलाई कास्की प्रहरीले झन्डै ९ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका -१९ पुरन्चौर घर भई हाल पोखरा -६ लेकसाइड बस्दै आएका २४ वर्षका  आश्विन बाँस्तोला रहेका छन् ।

कास्की जिल्ला अदालतको फैसलाले मिति २०७६ साल कार्तिक २६ गते लागु औषध मुद्दामा बाँस्तोलालाई ८ महिना कैद र नगद रु बाइस हजार तोकेको थियो । तर, पुनः त्यसको एक महिनापछि जिल्ला अदालतको फैसलाले लागु औषध मुद्दामै २ वर्ष कैद र नगद रु एक लाख जरिवाना तोकेपछि बाँस्तोला फरार रहेका थिए ।  प्रहरीको फरार सुचीमा रहेका बाँस्तोलालाई प्रहरीले झन्डै ९ महिनापछि बुधबार लेकसाइडस्थित सेन्टर प्वाइन्ट होटलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बाँस्तोलालाई प्रहरीले कास्की जिल्ला अदालतमा पेश गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds