बायर्न म्युनिखले लियोनलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेनसँगको भिडन्त पक्का गरेको छ । बायर्न प्रतियोगिताको फाइनलमा पुगेको यो ११ औँ अवसर हो ।
प्रतियोगितामा बायर्नको यो लगातार दशौँ जीत पनि हो । योसँगै क्लबले सन् २०१५ मा रियल म्याड्रिडले २०१५ र आफैले सन् २०१३ मा बनाएको कीर्तिमान बराबरी गरेको छ । क्लब पछिल्लो २८ खेलमा अपराजित रहेको छ ।
खेलको खेलको १८ औँ मिनेटमा ग्नाब्रीले बायर्नलाई अग्रता दिलाए भन ३३ औँ मिनेटमा अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर रोबर्ट लेवान्डोस्कीले बायर्नको तेस्रो गोल थपे । यो सिजन प्रतियोगितामा उनको यो १५ औँ गोल हो । उनले प्रतियोगितामा लगातार ९ वटा खेलमा पनि गोल गर्न सफल भएका छन् । उनीभन्दा अघि मात्र क्रिस्टियानो रोनाल्डो (११ खेल) अघि रहेका छन् ।
उता, लियोनले भने गोलका थुप्रै अवसर खेर फालेको थियो । अब फाइनल खेल आइतबार लिसबनको बेनफिकाको स्टेडियमा हुनेछ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते