तनहुँ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र देवघाट गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिकाको ८ वटा वडा र देवघाट गाउँपालिकाको एउटा वडामा निषेधाज्ञा जारी गरेको हो । कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलन सक्ने परिस्थिति सिर्जना भएकाले सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले शुक्लागण्डकी नगरपालिकाको वडा नं २ देखि ९ का सम्पूर्ण क्षेत्र, भिमाद नगरपालिकाको सम्पूर्ण क्षेत्र र देवघाट गाउँपालिका–५ मा आज राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम ती स्थानहरुमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
तनहुँको भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिकाका समुदाय स्तरका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
जिल्लाको भानु नगरपालिकामा २४, व्यास नगरपालिकामा ७, शुक्लागण्डकी नगरपालिकामा १, देवघाट गाउँपालिकामा ३, बन्दिपुर गाउँपालिकामा १ जना गरि ३६ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
यसअघि प्रशासनले भदौ १ गतेदेखि व्यास नगरपालिकामा सोमबार दिउँसो १२ बजेदेखि भदौ ७ गते दिउँसो १२ बजेसम्म र भानु नगरपालिकामा भदौ १४ गते सम्म निषेधाज्ञा जारी गरेको थियो ।
यी हुन गर्न नपाइने काम
बैंक तथा वित्तिय संस्थाका कुनै पनि सेवाहरु पुर्णरुपमा बन्द गरिने छ । त्यस्तै उद्योग कलकारखाना तथा अन्य कुनै पनि सेवाहरु बन्द गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।
यस अवधिमा सर्वसाधरणले अत्यावश्यक काम बाहेक अन्य समयमा घरबाट बाहिर निस्कन पाउने छैनन् ।
निस्कनै पर्दा अनिवार्य मास्कको प्रयोग गर्ने तथा समुहमा ननिस्कने, भौतिक र सामाजिक दुरी कायम गर्नु पर्ने, मठ मन्दिर तथा सार्वजानिक स्थानमा भेला हुन नपाईने, साथै धार्मिक तथा सामाजिक कार्यमा भेला हुन नपाउने प्रशासनले जनाएको छ ।
यी हुन गर्न पाईने काम
तर यो अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद व्यवस्थापनका सेवाका कार्यहरु सन्चालन गर्न पाईने छ ।
त्यस्तै राष्ट्रिय राजमार्गमा सन्चालन हुने सवारी साधन पनि सन्चालन हुने छ, त्यस्तै सरकारी तथा सार्वजानिक कार्यलयका नियमित कार्यहरु पनि सन्चालन गर्न पाईने भएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दुरी कायम गरि औषधी र औषधीजन्य पसलहरु, खाद्य सामाग्री पसल, दुध जन्य सामाग्रीको पसल, फलफुल र तरकारीको पसल पनि सन्चालन गर्न पाईने छ ।
त्यसैगरि एम्बुलेन्स, शव बहान, खाद्य ढुवानी, औषधी, फलफुल, कुखुराको दाना, चल्ला, माछा, मासु, तरकारी र फलफुल, दुध, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोगका झन्डावाल सवारी साधन, सुरक्षा निकायका, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासनले पास उपलब्ध गराएका सवारी साधन पनि सन्चालन गर्न पाईने सुचनामा उल्लेख छ ।
उक्त आदेश उल्लंघन गरको पाईएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने प्रशासनले जनाएको छ ।
यो पनि…
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने