तनहुँ । पोखराको ग्यालेक्सी हस्पिटलमा मंगलबार मृत्यु भएको तनहुँको बन्दिपुर गाउँपालिका–६ निवासी २९ वर्षीया युवतीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । ती युवतीको हस्पिटल भर्ना भएको आधा घण्टामै मृत्यु भएको थियो ।
युवतीलाई श्वासप्रश्वासमा समस्या आएपछि पोखरा स्थित ग्यालेस्क्सी हस्पिटल भर्ना गरिएको थियो ।
उनको मृत्युपछि स्वाब सङ्कलन गरी प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले ती युवतीको कोरोना परीक्षण गरिएको थियो ।
ती युवती साउन २० गते बन्दिपुर अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या भएपछि उनी साउन २४ मा भरतपुरको मनकामना अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।
साउन २९ मा मनकामना हस्पिटलबाट उनी डिस्चार्ज भएकी थिइन् । तर स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनी मङ्गलबार बिहान डुम्रेस्थित मोती मेडिकल हलमा परीक्षणका लागि पुगेकी थिइन् ।
मेडिकलका सञ्चालक समेत रहेका बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले एम्बुलेन्सको व्यवस्था गरेर उनलाई पोखराको ग्यालेक्सी हस्पिटलमा रिफर गरेका थिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने