तनहुँको देवघाटका शिक्षकमा कोरोना संक्रमण पुष्टि

तनहुँको देवघाटका शिक्षकमा कोरोना संक्रमण पुष्टि

Corona Positive

तनहुँ । तनहुँमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसारमा क्षयरोग उपचार केन्द्र पोखराको ल्याबमा गरिएको पीसीआर परीक्षणमा तनहुँको देवघाट गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेमा देवघाट गाउँपालिका-५ का २७ वर्षका पुरुषमा रहेका छन् । संक्रमित पुरुष शिक्षक हुन् ।

देवघाटमा बुधबार संक्रमण पुष्टि भएका २७ वर्षीय पुरुष देवघाटकै आश्रमका शिक्षक भएको बुझिएको छ । उनि बिगत ४ महिनादेखि आश्रम बाहिर ननिस्केको तर कसरी संक्रमण भयो भन्ने विषय नखुलेको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रदीप कुमार बुढाथोकीले बताए ।

संक्रमित पुरुष आश्रमकै क्वारेन्टिनमा बस्दै आएका र स्वास्थ्य अवस्था समेत सामान्य रहेको संयोजक बुढाथोकीले बताए । उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

तनहुँमा पछिल्लो समय ट्राभल हिस्ट्री नभएका समुदायका नागरिकहरुमा लक्षण सहितको संक्रमण देखिन थालेपछि त्रास बढ्दै गएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds