पोखरा – पोखराको मालेपाटनमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी हवल्दारको पनि मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट ड्युटीमा गएको ग १ ब ३६९ नम्वरको मोटरसाइकललाई पोखरा महानगरपालिका -५ मालेपाटनस्थित बिश्वास पेट्रोल पम्प अगाडी ग २ च २६२६ नम्वरको बोलेरो जिपले पछाडिबाट ठक्कर दिंदा गम्भीर घाइते प्रहरी हवल्दार डम्बर थारुको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा बुधबार दिउँसो १२ :३० बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थारुको स्थायी घर बर्दिया जिल्ला मैनापुर – २ बढैयाताल हो ।
दुर्घटनामा पाल्पा जिल्ला रिप्दीकोट गाउँपालिका -८ घर भइ वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको राती १ :४५ बजे नै उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो ।
मृतक दुवै जना दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नं. २ दरबन्दी भई वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ठक्कर दिने जिपका चालक धादिङ जिल्लाको धुनीबेशी गाउँपालिका -५ घर भई पोखरा – २३ बस्ने विशाल के.सी लाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते