नेपालको राष्ट्रिय झण्डा जलाउने गायक सहित नौ जना पक्राउ

नेपालको राष्ट्रिय झण्डा जलाउने गायक सहित नौ जना पक्राउ

gyajen-lama

काठमाण्डौ –  नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त सहित नौ जनालाई काठमाण्डौ प्रहरीले पक्राउ गरेको छ ।

‘मङगोल हप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘देशद्रोही’ नामको गीतमा राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मुख्य अभियुक्त भनिएका गायक तथा झण्डा जलाउने ग्याल्जोङ दोर्जे तामाङ विरूद्ध राज्य विरूद्धको अपराध, साइबर अपराध र राष्ट्रिय झण्डा जलाएको लगायतमा अनुसन्धान आकर्षित हुने महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार थप अनुसन्धान गर्न नौ जनालाई महानगरीय प्रहरी परिसरमा पठाइएको छ।

उक्त म्युजिक भिडिओ मकवानपुरको बागमती गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको महाशाखाले जनाएको छ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ