नेपालमा कोरोना संक्रमणका कारण मृत्य हुनेको संख्या ११६ पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण मृत्य हुनेको संख्या ११६ पुग्यो

corona death

नेपालमा कोरोना संक्रमणबाट दिनदिनै मृत्यु भइरहेको छ। आज (बुधबार) बिहान १० बजेसम्म यसका कारण मृत्यु भएकाको संख्या ११६ पुगेको छ।

मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको तथ्याांकपछि थप २ जना संक्रमितको मृत्यु भएको हो।

ललितपुरस्थित पाटन अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक–एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलााको आज बिहान मृत्यु भएको हो।

यस्तै बीपी प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार मोरङ बूढीगंगा गाँउपालिका-२ की ६७ वर्षीया कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको हो।

हिजो मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले थप ७ जनाको मृत्यु भएको जानकारी दिएको थियो।

सबै गरेर अहिलेसम्म देशभर कोरोनाबाट मृत्यु भएकाको संख्या ११६ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds