पीएसजी पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

पीएसजी पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

Angel-Di-Maria-Neymar-2020

लिस्बन — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । यसका लागि उसले अर्जेन्टिनी खेलाडी एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शनमा आरबी लाइपगिजलाई सजिलै ३–० ले हरायो ।

पहिलो हाफमा पीएसजीले २–० को अग्रता लिएको थियो । त्यसमा मारक्विन्हो र डि मारियाले गोल गरे । दोस्रो हाफमा जुवान बर्नाटले तेस्रो गोल गरे र पीएसजीले इस्टाडियो डा लुइजमा आरामदायी जित निकाल्यो । सन् १९७० मा स्थापित पीएएजीले यस पल्ट आफ्नो ५०औं स्थापना दिवस मनाइरहेको छ र यसै अवसरमा फाइनल पुग्न पनि सफल रहेको छ ।

अब उपाधि भिडन्तका लागि उसले बुधबार बायर्न म्युनिक र लियोनबीच दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ । निकै खर्चालु पीएसजी लाइपजिगलाई बलियो प्रतिद्वन्द्वी सावित भयो । लाइपजिग पनि ११ वर्ष अगाडि मात्र स्थापित क्लब हो र उसले सेमिफाइनलसम्म सनसनीपूर्ण यात्रा तय गरेको थियो । यसक्रममा उसले टोटनहम र एटलेटिको म्याड्रिडलाई पन्छाएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ