एटीएमबाट पैसा झिकेपछि हातमा अनिवार्य स्यानिटाइजर लगाउन सरकारको अपिल

एटीएमबाट पैसा झिकेपछि हातमा अनिवार्य स्यानिटाइजर लगाउन सरकारको अपिल

Sanitizer

काठमाडौं । सरकारले बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एटीएम मेसिनबाट रकम झिकेपछि हातमा स्यानिटाइजर लगाउन अपिल गरेको हो ।

सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने हुनाले कोरोना संक्रमणको जोखिम हुने गर्छ । धेरै बैंकहरुले एटीएम बुथमा स्यानिटाइजर राख्ने गरेका छैनन् ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बैंकहरुलाई एटीएम बुथ बेला बेलामा डिस इन्फेक्सन गर्न पनि आग्रह गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds