काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।
उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै कपुरधारास्थित निवासमा निधन भएको बुहारी विजेता घिमिरेलाई उद्दृत गर्दै गोरखापत्रको अनलाइन संस्करणले खबर ब्रेक गरेको छ ।
लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरे केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै उपचाररत उनको आज साँझ ५:५५ बजे निधन भएको हो ।
नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।
घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।
घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।
सम्बन्धित खबर
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु