शुक्लागण्डकीमा तरकारी पसलेदेखि बैंकका कर्मचारी सम्मको पीसीआर परीक्षण, ६० जनाकै रिपोर्ट नेगेटिभ

शुक्लागण्डकीमा तरकारी पसलेदेखि बैंकका कर्मचारी सम्मको पीसीआर परीक्षण, ६० जनाकै रिपोर्ट नेगेटिभ

Shuklagandaki MUN Tanahun

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नो पालिका भित्र समुदायसंग बढी सम्पर्कमा रहने विभिन्न व्यक्तिहरुले स्वाब संकलन गरेको थियो ।

नगरपालिकाले गत साउन २८ गते ६० जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि पठाएको थियो । जसको रिपोर्ट आज मंगलबार आएको हो ।

नगरपालिकाले तरकारी पसल, मोटर ग्यारेज, मासु पसल, ब्युटि पार्लर, सैलुन, मेडिकल संचालक, बैंकका कर्मचारी साथै नगरपालिकाका नगर प्रहरी, वडा सचिव र अन्य कर्मचारी सहित ६० जनाको स्वाब संकलन गरेको थियो ।

सबै ६० जना कै पीसीआर रिपोर्ट नेगेटिभ आएको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds