कोरोनाबाट मृत्यु भएको तनहुँ अम्रेनीकी महिलाको पोखरा जानुअघि दमौलीको थापा मेडिकलमा उपचार

कोरोनाबाट मृत्यु भएको तनहुँ अम्रेनीकी महिलाको पोखरा जानुअघि दमौलीको थापा मेडिकलमा उपचार

Thapa Medical Damauli

दमौलीको प्रजुन थापा मेडिकल ।

तनहुँ । तनहुँको व्यास-१ अम्रेनी निवासी कोरोनाबाट मृत्यु भएको ५० वर्षीया महिलाको पोखरा जानुअघि दमौलीको एक मेडिकलमा उपचार भएको खुलासा भएको छ ।

महिलाको मृत्यु पश्चात उनमा कोरोना पुष्टि भएको हो ।

५० वर्षीया महिला पोखरा-१२ हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् ।

उनको हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई निमोनिया भएपछि अस्पतालमा लगिएको थियो ।

ती महिलाको व्यास-३ दमौलीको प्रजुन थापा मेडिकल हलमा उपचार भएको थियो । गत साउन २८ गते उक्त मेडिकलमा स्वास्थ्य उपचारका लागी महिला आएको मेडिकलका संचालकले जनाकारी दिए ।

उनले भने ‘म सहित हाम्रो ६-७ जनाको स्वाब लिने कुरा भएको छ ।’

‘पसल बन्द गरेर अहिले घरमै छु ।’ उनले भने ‘डर छैन तर सजग भएर बसेका छौ ।’

अहिले मेडिकल सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । ‘साउन २८ गते मेडिकल आउनुभाको रैछ ।’ प्रमुख अधिकारीले भने ‘अब महिलाको सम्पर्कमा आएकाको कन्ट्रयाक्ट ट्रेसिङको काम भईरहेको छ ।’

उनले थपे ‘अब कन्ट्रयाक्ट ट्रेसिंङ सकिने बित्तिकै पीसीआरका लागि स्वाब संकलन गर्छौ ।’

स्वास्थ्य उपचारका लागि पोखरा गएकी ५० वर्षीया महिलाको उपचारका क्रममा पोखराको कास्की सेवा अस्पतालमा मृत्यु भएको हो । ती महिला गत साउन ३२ गते उपचारका लागि पोखरा गएकी थिइन् ।

करिब २ हप्ताअघि ती महिला भानु नगरपालिकाको भन्सारमा आफन्तकहाँ गएर आएकी थिइन् । भानुमा कोरोनाको समुदाय संक्रमण देखिएकाले त्यहींबाट संक्रमण फैलिएको आशंका गरिएको छ । भानुमा समुदायका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु भएकी महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको थियो । दीर्घरोगी महिलालाई उपचारका पोखरा उनको छोरी र व्यास-१ गल्बुबेसीका आफन्तले लिएर गएका थिए ।

तनहुँमा कोरोनाको अवस्था

तनहुँमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु भएको हो । तनहुँमा अहिलेसम्म २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८२ जनाले कोरोना जितेर निको भई घर फर्कीसकेका छन् ।

अहिले ३५ जना आइसोलेसनमा उपचाररत छन् । त्यस्तै अहिलेसम्म १ जनाको मृत्यु भएको छ ।

तनहुँको भानुमा २४, देवघाटमा २, बन्दीपुरमा १ र व्यासमा ५ जना गरी समुदायका ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तनहुँ प्रशासनद्वारा निषेधाज्ञा

कोरोना भाइरस संक्रमण समुदायस्तरमा देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका दुइ वटा नगरपालिकामा निषेधाज्ञ जारी गरेको छ ।

यस्तै जिल्लाका तीन वटा गाउँपालिकामा भने लकडाउन गरिएको छ । समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै तनहुँको व्यास नगरपालिकामा सोमबार दिउँसा १२ बजेदेखि लागु हुने गरी भदौ ७ गते दिनको १२ बजेसम्मका लागि निषेधाज्ञ जारी गरिएको छ ।

यस्तै भानु नगरपालिकामा भने भदौ १४ गतेसम्मका लागि निषेधाज्ञ जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

यो पनि :

ब्रेकिङ न्यूजः कोरोनाबाट पोखरामा महिलाको मृत्यु, कास्की सेवा हस्पिटलमा मृत्यु भएकी तनहुँकी महिलामा देखियो कोरोना

पाेखरामा मृत्यु भएकी काेराेना संक्रमित महिला तनहुँ अम्रेनीकी, डायबिटिज र मुटुराेगी !

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds