पोखरामा कोरोना संक्रमित बढेपछि संक्रमण फैलन नदिन कास्की जिल्ला नै ५ दिनका लागि लकडाउन गरिँदैछ । आज मध्येराति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागि ५ दिन कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिएका छन् ।
आज बिहान बसेको जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले पोखरा सहित कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्ण निजी, सार्वजनिक संघ संस्था सहितका सरकारी कार्यालय समेत बन्द हुनछन् । अत्यावश्यक सवारी साधनलाई पास आवश्यक नपर्ने र अन्यलाई पासको व्यवस्था हुनेछैन । लकडाउनको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । अत्यावश्यक काम नपरी नागरिकहरु घरबाहिर निस्कन पाउँदैनन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनको अनुमति बेगरका गाडी गुड्न पाउँदैनन् ।
पोखरा महानगरपालिकाले सोमबार रातिबाटै कडा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको भए पनि प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालय र स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा गर्न दिने निर्णय गरेको थियो । सोहि अनुरुप पोखरा महानगरपालिकाको कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठकले एक हप्ता निषेधाज्ञा जारी गर्न गरेको सिफारिसलाई जिल्ला प्रशासन कार्यालय कास्कीले एक दिन पछि सारेर मंगलबार रातिबाट जिल्लाभर नै गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो