तनहुँ । तनहुँको एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने महिला व्यास नगरपालिका वडा नम्बर १ ,अम्रेनीकी स्थानिय हुन् । महिलाको मृत्यु पश्चात उनमा कोरोना पुष्टि भएको हो ।
५० वर्षीया महिला पोखरा-१२ हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेकी थिइन् । उनको हिजो सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई निमोनिया भएपछि अस्पतालमा लगिएको थियो ।
गत साउन ३२ आइतबारदेखि अस्पतालमा उपचाररत थिईन् । मृत्यु भएकी महिलामा मधुमेहसँगै मुटुरोगको समस्या रहेको थियो । दीर्घरोगी महिलालाई उपचारका पोखरा उनको छोरी र व्यास-१ गल्बुबेसीका आफन्तले लिएर गएको स्रोतले बतायो ।
पोखरा जानुअघि महिला दमौलीको एक मेडिकलमा उपचार लागि पुगेको स्रोतले बतायो । स्रोतले भन्यो ‘करिब ३-४ दिन अघि हुनुपर्छ । कन्ट्रयाक्ट ट्रेसिङको लागि अहिले नाम संकलन गरिरहेको व्यास-१ का वडाअध्यक्ष खरसिं दरैले बताए । उनले भने ‘छिट्टै पीसीआर गर्ने तयारी हुदैछ ।’
अहिले कोरोनाबाट मृत्यु भएकी महिलाको टोलमा वडा र नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिंङको काम गर्न लागेको अम्रेनी टोल विकास समितिका अध्यक्ष भरत विकले बताए । ‘वडाअध्यक्षको फोन आएको थियो ।’ विकले भने ‘अहिले टोलबासी लाई सुचना गरिसकेका छौ ।’ उनले भने हामि ‘हामि सबै घरमै छौ ।’

तनहुँमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु भएको हो । तनहुँमा अहिलेसम्म २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८२ जनाले कोरोना जितेर निको भई घर फर्कीसकेका छन् । अहिले ३५ जना आइसोलेसनमा उपचाररत छन् ।
यो पनि :
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो