पोखराका ११ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि

पोखराका ११ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि

Corona update 2

पोखरा –  पोखराका ११ जना सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ११ सहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरु कास्की, नवलपुर, लमजुङ, तनहुँ, बाग्लुङ र स्याङ्गजा गरी ६ जिल्लाका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं -१६ का ६६ बर्षीय पुरुष, पोखरा -९ का ३१ बर्षीय महिला र ३६ बर्षका पुरुष, पोखरा -७ का ३८ बर्षीय पुरुष र ३६ बर्षकी महिला, पोखरा -१७ का ८७ बर्षीय पुरुष, पोखरा -२७ का २४ बर्षीया महिला र १० बर्षका वालक सहित ५९ बर्षका पुरुष, पोखरा ३० – का ४६ बर्षीय पुरुष र पोखरा -४ का २१ बर्षीया युवतीमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै नवलपुरको विनयत्रिबेणी नगरपालिका वडा नं -१ का २८ बर्षीय पुरुष, लमजुङ दोर्दी गाउँपालिका -१ का ३० बर्षीय पुरुष, तनहुँ व्यास नगरपालिका -१ का ३१ र २३ बर्षीया महिला, बाग्लुङ नगरपालिकाका २६ बर्षीय पुरुष र स्याङ्गजा पुतलीबजार नगरपालिकाका ६० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७५६ पुगेको छ । भने, कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या पनि १५५० पुगेको निर्देशनालयले जनाएको छ    ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds