जादुमय स्वरकी धनी मेलिना मैनाली ‘छोटो छ जिन्दगी’ उनकै अभिनयमा (भिडियो)

जादुमय स्वरकी धनी मेलिना मैनाली ‘छोटो छ जिन्दगी’ उनकै अभिनयमा (भिडियो)

melina mainali pic

झण्डै एक महिना अगाडि नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको गीत ‘छोटो छ जन्दिगी फोटो खिचेर राख’ बोलको गीतले विस्तारै धेरै दर्शक श्रोताको मन जित्न सफल हुदै गएको छ। समाजको यथार्थ कारुनिक चित्रण बोकेको उक्त गीत बजारमा आएको छोटो समयमै दर्शक स्रोताको मनमा बस्न सफल भयो। गीत एक पटक सुनेपछि श्रोताको दिलमा गडेर बस्ने खालको गीतको रचनाकार नारायण नेपाल हुन्  संगीतकार भूपु पाण्डे । भूपु पाण्डेकै स्वरमा रहेको गीतमा मेलिना मैनालीले साथ दिएकी छन्।

मेलिना मैनाली ‘छोटो छ जीन्दगी’ को पहिलो गीत हो । गीतमा मेलिनाको मिठासयुक्त आवाज सुन्दा उनी परिपक्व गायिका हुन जस्तो आभास हुने गर्छ। चर्चा र लोकप्रियताको शिखरमा चढ्दै गरेको यो गीत जतिले सुनेका छन् उनीहरुको मनको ट्रेण्डिङमा बस्न सफल भएको छ। जुन कुरा गीतको भिडियोले पाएको लामा लामा प्रतिक्रियाले पुष्टि गरेको छ।

पहिलो गीतबाटै चौतर्फी तारिक अनि चर्चा पाएकी मेलिना झापाको चन्द्रगढी स्थित लक्ष्मी चोक बस्छिन् । ३/४ वर्षको उमेरदेखि नै गायिका बन्ने रहर बोकेर गीत गुनगुनाउने सुरुकी गरे उनी परिवारकी कान्छी छोरी हुन् ।

‘छोटो छ जिन्दगी’ उनकै अभिनयमा सार्वजनिक

मेलिना मैनाली र भूपु पाण्डेको स्वोरमा रहेको उक्त गीतको सफलता पछी केहि दिन अगाडी मात्र गायक        गायिकाको लिप्सिङ भिडियो सार्वजनिक भएको छ । ३ दिन मै झान्डै १ लाख भ्यूज बटुल्न सफल भैसकेको छ ।यस भिडियोलाई पनि धेरै जनाले मन पराएर सोही अनुसार सकरात्मक प्रतिकृया बेक्त गरेका उक्त भिडियोको कमेन्ट बक्समा देख्न सक्छौ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ