कास्कीको पोखरा महानगरसँगै अन्य स्थानिय तहले पनि बन्दाबन्दीको तयारी गरेका छन् । कास्कीको रुपा गाउँपालिकाले भोलि भदौ २ गतेबाट लागू हुने गरी १ हप्ताका लागि गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि यस्तो निर्णय लिइएको जानकारी दिएका हुन् । साथै, गाउँपालिका भित्रका खाद्यान्न बाहेकका होटल, रेस्टुरेण्टहरु सञ्चालनमा रोक लगाइएको छ ।
‘विद्यालय लगायतका शैक्षिक संस्था अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहनेछन् । स्वास्थ्य संस्था बाहेकका अन्य गाउँपालिका, वडा कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य सेवाहरु सञ्चालन नगरिने व्यहोरा जानकारी गराइन्छ ।’ गाउँपालिका अध्यक्ष ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
साथै, गाउँपालिकाले नेपाल सरकारको निर्णय अनुरुप चाडपर्वका बेलामा अन्यत्रबाट आफ्ना पाहुनाजन बोलाउने र जाने, धेरै जमघट भई भोजभतेर गर्ने लगायतका कार्यक्रम गर्ने समेत रोक लगाएको छ । अध्यक्ष ओझाले गाउँपालिकाभित्र अव्यवस्थित विभिन्न संघसंस्था, आमा समूह, क्लब, टोल विकास संस्थाले आयोजना गर्ने तीज विषेश दर खुवाउने तथा अन्य कार्यक्रम नर्गन र नगराउन समेत अपिल गरेका छन् ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो