रंगशाला खेल र खेलाडीको लागि हो । तर पोखरा रंगशाला कहिल्यै खेलाडीको मात्र हुन सकेन । कुनै बेला सवारी चलाउन सिक्ने अखडा बन्यो । लाहुरे हुन खोज्नेहरुले बुट बजार्ने ठाउँ पनि रंगशाला नै बन्यो । तर पछिल्लो समय रंगशाला व्यवस्थित भने बनेको छ । कोरोना महामारीले विदेशबाट आउनेहरुलाई राख्ने होल्डिङ सेन्टर बनाउनुपर्ने बाध्यकारी अवस्था आएपछि अब रंगशाला अनिश्चितका लागि बन्द गरिएको छ ।
पोखरा रंगशालामा हुँदै आएका खेल गतिविधिसंगै सबै खेलका प्रशिक्षणहरु आज सोमबारबाटै बन्द भएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति, कास्कीले संयुक्त रुपमा सूचना जारी गर्दै सोमबारबाटै सम्पूर्ण खेल गतिविधि, प्रशिक्षणहरु र कार्यक्रमहरु अनिश्चितकालका बन्द गरिएको जनाएको छ ।
पोखरा रंगशाला भित्र रहेको बहुउद्धेश्यिय कभर्डहलमा विदेशवाट आएकाहरुको लागि होल्डिङ सेन्टर बनाएपछि रंगशाला परिसरमा कोरोनाको खतरा बढेको छ । तर, विश्व नै महामारीको चपेटामा पारेको बेला खुल्ला ठाउँमा होल्डिङ सेन्टर बनाउनु अनुपयुक्त भने होइन ।
खेल प्रतियोगिताहरु नहुने र अभ्यास गर्ने ठाउँ पनि बन्द हुँदा खेलाडीहरु भने अभ्यास गर्न नपाउने भएका छन् । यसले उनीहरुको खेल प्रदर्शनमा असर पर्ने निश्चित छ । रंगशालालाई सुरक्षित बनाउन अर्को विकल्प तयार गर्न सरोकारवालाले सोचन ढिलाई गर्नु हुँदैन । गण्डकी प्रदेश सरकारले रंगशालालाई हेल्डिङ सेन्टर बनाएपछि खेलाडी र प्रशिक्षकहरुले असन्तुष्टि जनाएका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते