नेपालमा एकैदिन थपिए ६४१ जना कोरोना संक्रमित

नेपालमा एकैदिन थपिए ६४१ जना कोरोना संक्रमित

Corona update 4

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ । डा. गौतमले होम आइसोलेसनमा रहनेहरुको संख्या ४ सय ९७ रहेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३४ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ३ सय ३५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । उनले १५ हजार ३ सय ४३ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।

विगत २४ घण्टामा १२ हजार २ सय ४७ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ