तनहुँको भानु नगरपालिकामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि

तनहुँको भानु नगरपालिकामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Corona Positive

तनहुँ । तनहुँको भानु नगरपालिकाका थप एक जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको भानु नगरपालिका-४ का ३० वर्षीय पुरुषमा आइतबार कोरोना पुष्टि भएको हो ।

कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

आइतबार कोरोना पुष्टि भएका पुरुष नगरपालिकाका इन्जिनियर हुन् ।

यसअघि भानु नगरपालिका-१, २ र ४ का २३ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

भानु नगरपालिकामा मात्रै अहिलेसम्म ३१ जनामा कोरोना पुष्टि भईसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ