पोखरामा फेरि थपिए ५ संक्रमित, आज आधा दिन नबित्दै १० पुग्यो

पोखरामा फेरि थपिए ५ संक्रमित, आज आधा दिन नबित्दै १० पुग्यो

Pokhara Lakeside Phewa Fewa

पोखरा । पोखराका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखराका ६ वटा वडाका थप १० जनामा कोरोना भाइरस देखिएको जनाएको हो । यसअघि, आजै पोखराका ५ जना सहित गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १७१८ पुगेको छ ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा सहित तनहुँको व्यास नगरपालिकामा थप ९ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं – ८ मा ५२ र ५१ बर्षका दुई पुरुष, वडा नं –३२ मा ८६ बर्षका १ महिला, वडा नं – २८ मा ३८ बर्षका  १ पुरुष र  वडा नं –  २६ मा ५३ बर्षका १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

उता तनहुँको व्यास नगरपालिकाका वडा -१ मा २ महिला २ पुरुषको पनि नमुना संकलन परीक्षण गर्दा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ  ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ