रुसले कोरोनाविरुद्धको खोप उत्पादन सुरु, चाँडै उपलब्ध हुने

रुसले कोरोनाविरुद्धको खोप उत्पादन सुरु, चाँडै उपलब्ध हुने

corona vaccine

symbolic picture

कोरोना भाइरसविरुद्धको पहिलो खोप विकसित गरेको घोषणा गरेको रुसले उत्पादन थालेको छ। रुसको स्वास्थ्य मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी खोपको उत्पादन थालिएको र यो महिनाको अन्त्यसम्म खोप आउने जनाएको हो।

यद्यपि, कतिपय विशेषज्ञलाई चिन्ता छ, रुस चाँडो खोप बनाउने चक्करमा सुरक्षामाथि सम्झौता गरिरहेको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिन अघि कोरोना भाइरसविरुद्धको ‘विश्वकै पहिलो’ खोप स्वीकृति दिएको जानकारी दिएका थिए। यो खोप पुटिनकी छोरीमाथि पनि ट्रायल गरिएको जनाइएको छ।

मस्कोस्थित गामालेया इन्स्टिच्युटद्वारा विकसित गरिएको सो खोपलाई स्पुटनिक-५ नामकरण गरिएको छ। उक्त नाम सोभियत संघद्वारा सन् १९५७ मा प्रक्षेपण गरिएको विश्वको पहिलो उपग्रहबाट लिइएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ