पोखरामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिवार पछिल्लो विज्ञप्ती अनुसार पोखरा २७ मा थप एक जना पुरुषमा कोरोना संक्रमण भेटिएसँगै एकै दिन १२ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ३ पटकसम्म विज्ञप्ती प्रकाशित गरेको हो । पछिल्लो पटक दिउँसो २७ नं. वडाका ४१ वर्षीय पुरुषमा देखेको जनाइएको छ । यस्तै, पर्सा घर भई स्थानीय ठेगाना नखुलेका ४२ वर्षीय पुरुष र बागलुङ नगरपालिका १० का ३२ वर्षीया महिलामा कोरोना भाइरस देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
मध्यान्ह जारी विज्ञप्ती अनुसार पोखराका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पोखराका ५ वटा वडाका थप ८ जना पुरुषमा कोरोना भाइरस देखिएको निर्देशनालयले जनाएको हो । पोखरा महानगरका वडा नं. १ का २५ र २५ वर्षका २ पुरुष, वडा नं. १४ का ३१ र ३२ वर्षका २ पुरुष, वडा नं. १० का १८ वर्षीय पुरुष, वडा नं. २७ का १८ र ३० वर्षका २ पुरुष तथा वडा नं. १७ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
बिहान वडा नं. ५ मा दुई र वडा नंं ८ मा एक थपिएका हुन् । वडा नं. ५ मा थपिएका दुई संक्रमित केही दिन अघि संक्रमित भएकी सहकारीको संक्रमितका परिवारका सदस्य र वडा नं. ८ मा थपिएका संक्रमित केही समय अगाडि कतारबाट आएका व्यक्ति भएको खुलेको छ । वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीका अनुसार निर्देशनालयले बिहान वडा नं. ५ मा १ जना मात्र भनेर सूचना प्रवाह गरेपनि वडा नं. ५ का २ जना हुन् । निर्देशनालय सूचना प्रवाहमा पटक पटक चुक्दै आएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ ।

कोरोना पुष्टि भएकाहरु ग्यारेज र वर्कशपका कामदार !
कोरोना संक्रमित अधिंकाश ग्यारेज र मोटर पार्टसमा काम गर्ने व्यक्तिहरु भएको खुलेको छ । पोखरामा दोस्रोपटक विज्ञप्ती अनुसार थपिएका ८ संक्रिमत पुरुषहरु वर्कशपमा काम गर्नेहरु रहेको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बताए ।
पोखरा वडा नं १, १०, १४ र २७ का पुरुषहरु सबै वर्कशप, मोटरसाइकल तथा गाडीका ग्यारेजहरुमा काम गर्ने प्रायः मधेशी र भारतीय मूलका हुन् । उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य शुरु गरिएको महाशाखा प्रमुख पौडेलले जनाए ।
संक्रमित खोज्न धौधौ
पीसीआर टेस्टका लागि स्वाब दिएर रिपोर्ट आउँदा भने सम्पर्कमा नआउँदा महानगरलाई सास्ती भएको छ । शनिवार मात्र कोरोना रिपोर्ट पोजिटिभ देखिएका पोखरा १७ का एक संक्रमितलाई खोज्न मुस्किल भयो । उनले दिएको नम्बर गल्ती हुँदा गाह्रो भएको खुलेको छ । पछि उनलाई होटलमा रहेको थाहा भएको थियो भने उनी आफै सम्पर्कमा आएका थिए ।
देशभरमै यस्तो समस्या छ । पहिले स्वाब दिने तर पोजिटिभ आयो भने सम्पर्कमै नआउने समस्या देशव्यापी समस्या नै हो ।


सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो