किरण श्रेष्ठ, तनहुँ । तनहुँका तीन वटा स्थानीय तहले आफ्नो पालिका सिल गरेका छन् । जिल्लामा समुदाय स्तरमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय तहले सिल गर्ने घोषणा गरेका हुन् ।
जिल्लाको भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी सिल गर्ने घोषणा गरेका छन् ।
तनहुँमा कोरोना संक्रमण बढेको र समुदायमा संक्रमण देखिएकाले जिल्लाका ३ वटा स्थानीय तहले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहेको जनाएका छन् ।

आफ्ना पालिकावासीलाई सूचनामार्फत पालिकाले गरेको आग्रहलाई वेवास्था नगर्न अपिल गरेका छन् ।
जिल्लाको भानु नगरपालिकाले साउन २७ गते मंगलबार रातिदेखि नै सिल गरेको हो भने अन्य स्थानीय तहमध्ये देवघाट गाउँपालिकाले साउन २९ गते बिहिबारदेखि सिल गरेको हो ।
साउन ३० गते शुक्रबारदेखि बन्दिपुर गाउँपालिकाले पनि आफ्नो गाउँपालिकामा सिल गरेको जनाएको छ । तीन वटै पालिकाले १ हप्ता पालिका बन्द हुने जनाएको छ ।

सबै स्थानीय तहले आफ्ना नागरिकलाई सुरक्षित भई घरमै बस्न आग्रह समेत गरेका छन । अत्याबसेक काम बाहेक हिँडडुल नगर्न, अत्यावश्यक सेवा बाहेकका अन्य पसल व्यवसाय सञ्चालन नगर्न, यदि हिँडडुल गर्नै पर्ने भएमा र सेवा सञ्चालन गर्नुपर्ने भएमा सुरक्षा उपयका सुरक्षा सामग्रीको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।
जिल्लाको भानु नगरपालिकामा शुक्रबार र शनिबार गरी २२ जना कोरोना भाइरसका संक्रमित थपिएपछि जिल्लामा त्रास बढेको छ ।
सिल गरिएपछि औषधि पसल, तरकारी, खाद्यान्न, दूध बिक्री गर्ने पसल तथा अत्यावश्यक सेवाका बाहेक अन्य सबै पसल बन्द गर्न तीन वटै पालिकाले निर्देशन दिएको छ ।
जिल्लाको डुम्रे बजारमा पसल व्यवसाय भने बन्द भएको छ । अन्य स्थानिय तहको बजारमा भने मानिसको आवतजावत भने बढ्दो अवस्थामा रहेको छ ।

व्यापार व्यवसाय बन्द गरिए पनि लकडाउन प्रभावकारी कार्यान्वयन नहुँदा जोखिम झन बढ्दो अवस्थामा रहेको छ । केही व्यवसायीले लुकीछिपी व्यवसाय सञ्चालन गरेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।
साथै चोक र सडकमा मानिस समूहमा जम्मा भई गफ गरेर समय बिताउनेको पनि जमात रहेको छ । स्थानीय तहले घोषणा गरेको सिलको प्रभावकारिता कस्तो छ भनेर सडकमा बुझ्न आउने पनि धेरै रहेका छन् ।
त्यस्तै अन्यावाश्यक बाहेक घर बाहिर ननिस्किन, सभा तथा सम्मेलन, भोजभतेर तथा खेलकुदका कार्यक्रम नगर्न पालिकहरुले अनुरोध गरेको छ ।

साथै घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन अनुरोध समेत विज्ञप्तिमा भनिएको छ । मास्क नलगाउनेलाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना समेत गरिने गाउँपालिकाले जनाएको छ ।
प्रशासनले जिल्लामा सिनेमा हल, पार्टी प्यालेस, व्यूटीपार्लर, शैलुन, डान्सबार, जीमखाना, स्वीमिङपुल सञ्चालन नगर्न तथा फुटपाथ तथा खुल्ला ठाउँमा ठेला, व्यापार, व्यवसाय नगर्न निर्देशन दिँदै आएको छ । तर यसको पूर्णपालना र अनुगमन हुन सकेको छैन ।
तनहुँमा संक्रमितको संख्या २१२ पुग्यो
तनहुँमा कोरोना संक्रमितको संख्या २१२ जना पुगेको छ । यस्तै गरी निको हुनेको संख्या १८० जना रहेका छन् । जिल्लाका ३२ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
समुदायमा कोरोना संक्रमण हुन थालेसंगै कन्ट्रयाक्ट ट्रेसिङको काम अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
जिल्लाको भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो