पोखरा । पोखराका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखराका ५ वटा वडाका थप ८ जना पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो । यसअघि, आजै पोखराका ३ जना सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १ का २५ र २५ वर्षका २ पुरुष, वडा नं. १४ का ३१ र ३२ वर्षका २ पुरुष, वडा नं. १० का १८ वर्षीय पुरुष, वडा नं. २७ का १८ र ३० वर्षका २ पुरुष तथा वडा नं. १७ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
बिहान वडा नं. ५ मा दुई र वडा नंं ८ मा एक थपिएका हुन् । वडा नं. ५ मा थपिएका दुई संक्रमित केही दिन अघि संक्रमित भएकी सहकारीको संक्रमितका परिवारका सदस्य र वडा नं. ८ मा थपिएका संक्रमित केही समय अगाडि कतारबाट आएका व्यक्ति भएको खुलेको छ । वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपालीका अनुसार निर्देशनालयले बिहान वडा नं. ५ मा १ जना मात्र भनेर सूचना प्रवाह गरेपनि वडा नं. ५ का २ जना हुन् ।
निर्देशनालय सूचना प्रवाहमा पटक पटक चुक्दै आएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय पुगेको छ ।


सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो