लिदी पहिरोमा पुरिनेको संख्या ३९ पुगेको छ । बेपत्ता ३९ मध्ये ११ को शव फेला परेको छ । स्थानीय कबिर दोङ पनि बेपत्ता भएको खोजीकार्यमा संलग्न वडाध्यक्ष प्रताप लामाको टोलीले पत्ता लगाएको हो ।
वडाध्यक्ष लामाका अनुसार ३६ वर्षीया टीकमाइ दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीया बिताइ झाँक्री दोङ, ७० वर्षीय जयबहादुर दोङ, आठ वर्षीय मिलन दोङ, २४ वर्षीया धनमाइ दोङ, चार महिने शिशु रेनिश दोङ, ३० वर्षीया दावाल्हामु दोङ, पाँच महिने शिशु तारल्हामु दोङ, पाँच वर्षीय सानु दोङ र पाँच वर्षीया प्रिती दोङको पहिचान भएको हो ।
शुक्रबार रातीसम्म काम गरेर थाकेका सुरक्षाकर्मीले शनिबार पनि बिहान ६ बजेबाट बेपत्ताको खोजीकार्यलाई तीब्रता दिएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी माधवप्रसाद काफ्लेले दिएको जानकारी अनुसार हिजो ब्यारेक फर्केको नेपाली सेनाको टोली लिदी जाँदै छ । बाहिर रहेका आफन्तलाई डाकेर शव जिम्मा दिने तयारी भएको उनले बताए ।
मृतक र बेपत्ता भएकाको आफन्तलाई शुक्रबार लिदी पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले जनही १५ हजारका दरले नगद र त्रिपाल दिएका छन् । तर, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले केही महिनाअघि नै पठाएको २० थान टेन्ट, तीन सय थान त्रिपाल र सय थान कम्बल जुगल गाउँपालिकाले सम्बन्धित जोखिम क्षेत्रका बासिन्दालाई दिएन ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु