पोखरा ५ र ८ का तीनसहित गण्डकीमा थप १० जनामा कोरोना संक्रमण पुष्टी

पोखरा ५ र ८ का तीनसहित गण्डकीमा थप १० जनामा कोरोना संक्रमण पुष्टी

corona

symbolic picture

पोखरा – कास्कीका तीन सहित गण्डकीमा थप १० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ६ जिल्लाका १० जनामा कोरोना संक्रमणको पुष्टी भएको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरु कास्की पोखरा महानगरपालिका वडा नं ५ र ८ का ३९ र ३५ बर्षका पुरुषका साथै वडा नं -८ कै १५ बर्षीया युवती रहेकी छन् ।

यस्तै तनहुँको भानु नगरपालिका -२ र ४ वडाका ३० र ६१ बर्षका पुरुष, बाग्लुङ नगरपालिका -३ का ५४ बर्षीय पुरुष र बडिगाड गाउँपालिका -६ का ३८ बर्षीय पुरुष, गोरखा जिल्ला गोरखा नगरपालिकाका ४७ बर्षीया महिला, स्याङ्गजा पुतलीबजार नगरपालिका -१ का ३० बर्षीय पुरुष र नवलपुर मध्यविन्दु नगरपालिका -८ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको कुल संख्या १६९२ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds