चिनियाँ कोरोनाविरुद्धको खोपले शरीरमा उत्पन्न गर्‍यो एन्टीबडी

चिनियाँ कोरोनाविरुद्धको खोपले शरीरमा उत्पन्न गर्‍यो एन्टीबडी

corona

कोरोना भाइरससँग लड्न खोपको पर्खाइमा रहेको विश्व चिनियाँ कम्पनी सिनोफार्म नामक समूहले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले शरीरमा एन्टीबडी उत्पादन गरेको अनुसन्धानकर्ताहरुले बताएका छन्।

पहिलो र दोस्रो चरणको परीक्षणमा ३ सय २० जना स्वस्थ व्यक्तिहरुमा खोप लगाएर यो जाँच गरिएको थियो। यो खोप अहिले अन्तिम चरणको परीक्षणमा छ। जसमा हजारौँ जनालाई खोप लगाएर त्यसको प्रभावकारिता जाँच्ने गरिन्छ।

सिनोफार्मको खोप यूएईमा परीक्षण भइरहेको छ। किनभने चीनमा परीक्षणका लागि पर्याप्त संक्रमित छैनन्।सरकारी स्वामित्वको सो खोपको थप परीक्षण पाकिस्तानमा हुने जनाइएको छ।

यो खोपले कुनै गम्भीर साइड इफेक्ट नगरेको पनि बताइएको छ। यससम्बन्धी अध्ययन जर्नल अफ द अमेरिकन मेडिकल एसोसियसनमा प्रकाशित छ। यो खोप वर्षको अन्त्यसम्ममा तयार भइसक्ने बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ