कास्कीको मादीस्थित हाइड्रोपावरमा कार्यरत गोरखाका ईञ्जिनियर पन्तको शव फेला

कास्कीको मादीस्थित हाइड्रोपावरमा कार्यरत गोरखाका ईञ्जिनियर पन्तको शव फेला

Namarjung Madi Jalbidhyut

पोखरा – कास्कीको मादी गाउँपालिकास्थित नामार्जुन हाइड्रोपावरमा कार्यरत एक इन्जिनियर मृत अवस्थामा फेला परेका छन् ।

गोरखा जिल्ला पालुङटार नगरपालिका घर भइ हाल मादी गाउँपालिका -२ सेती खोला नामार्जुन हाइड्रोपावरमा सिभिल इन्जिनियर पदमा कार्यरत अन्दाजी बर्ष ३६ का अमित पन्त क्युरोखोलामा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार बिहिबार राती अन्दाजी ८ :४५ बजेको समयमा खाजा खान भनेर अफिसबाट निस्किएका उनी राती अबेरसम्म सम्पर्कमा नआएपछि खोजतलास गर्दै जाने क्रममा आज दिउँसो १२ बजे सोही स्थानको क्युरोखोलामा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds