कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

death

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको हो ।ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको बताए ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।

यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds